संसदको विकास समिति र सुशासन समितिको बैठक बस्दै

फागुन १७,काठमाडौँ-व्यवस्थापिका संसद अन्तरर्गत विकास समिति र सुशासन समितिको बैठक आज बस्न लागेको छ । राष्ट्रिय गौरवको आयोजना र सरकारी प्राथमिकताका बारेमा समितिमा छलफल हुने भएको हो ।  बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागिएको संसद सचिवालयले जनाएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना भनेर छुट्याएको  सडक, विजुली, फास्ट ट्रयाक र अन्य भौतिक पुर्वाधारका विषयमा सरोकारावालासँग समतिले छलफल गर्न लागको हो ।  राष्ट्रिय गौरवकै आयोजनाका काममा भइरहेको प्रगती र सरकरको ढिलासुस्तीका कारण परेको प्रभाव बैठकको प्रमुख एजेण्डा भएको सचिवालयले जनाएको छ ।