बुढासुब्बा गोल्डकपमा आज आर्मीले कास्कीको सामना गर्ने

फागुन १७, धरान-त्रिभुवन आर्मी र कास्की फुटबल क्लब भिड्ने भएका छन् । एन्फा एकेडेमीको खेल मैदानमा हुने खेलमा यस अघि हिजो आयोजक धरान फुटबल क्लबले रुपन्देहीको जिल्ला लिग च्याम्पियन लिस्नु क्लबलाई ४–० गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।  आयोजकबाट गोलरक्षक अतिस तामाङ र शशि राईको डेब्यु हेर्न लायक बन्यो। ‘भनेजस्तो टिम सेट नभए पनि खेल समग्रमा राम्रो भयो। तर, अर्को खेलमा थप टिम सेट गर्ने छौं, प्रशिक्षक सुवास केसीले भने।

धरानबाट थ्रि स्टारमा आवद्ध धरानका खेलाडीहरु र तीनजना अफ्रिकन खेलाडीहरुलाई समेटेको छ। जस्को लक्ष्य उपाधि जित्ने छ। पहिलो हाफ दवावमा रहेको लिस्नुलाई दोस्रो हाफको २१ मिनेटमा सुन्दर अवसर जुर्यो। भिक्टरको पासलाई एल्भिसको प्रहार माथिल्लो बारमाथिबाट बाहिरियो। त्रिभुवनले यसपटक चारवटा उपाधि उचालिसकेको छ भने भर्खरै सकिएको विराट गोल्डकपमा उपविजेतामा सिमित बनेको थियो। प्रतियोगिता विजेताले नगद ३ लाख ५० हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद १ लाख ७५ हजार रुपैयासहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। त्यसतै व्यक्तिगत पुरस्कारसमेत दिइने डिएफसीका अध्यक्ष किशोर राईले बताए।