अष्ट्रेलियामाथि न्युजिल्याण्डको रोमाञ्चक जित

 फागुन १६,  काठमाडौं विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अस्ट्रेलियालाई १ विकेटले हराएको छ । अस्ट्रेलियाले दिएको १ सय ५२ रनको चुनौती न्युनिल्याण्डले २३ दशमलव १ ओभरमा ९ विकेट पुरा गरेर भेट्टाएको हो ।

टस जितेर व्याटिङ् रोजेको अस्ट्रेलियाले ३२ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । योसँगै न्युजिल्याण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।