खबरदारीको ट्रेलर हेरेरै सरकार झस्कियो, फिल्म आएपछि बेहोस हुन्छ : बाबुराम

फगुन १६, काठमाडौ- एकीकृत ओवादीका नेता  बाबुराम भट्टराईले शनिबारको खुला मञ्चको सभालाई खबरदारीको ट्रेलरमात्र भएको र पुरै फिल्म बनेपछि सरकार बेहोस् हुने चेतावनी दिएका छन् । देशभरबाट विभिन्न ३० दलका नेता तथा कार्यकर्तालाई भेला गरी राजधानीको खुलामञ्चमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै भट्टराईले भने  ‘यो त ट्रेलर हो, यदि तपाइँ अहिले पनि यो चेतावनी बुझेर सहमतिमा आउनु भएन भने आँधीबेहरी आउने छ। यो ट्रेलर नबुझे जब साँच्चैको फिल्म देख्नुहुन्छ, त्यतिबेला तपाइँसँग बहोस हुनुको विकल्प हुने छैन ।

मञ्चमा आक्रमक रुपमा प्रस्तुत भएका भट्टराईले भने ‘रंग नदेख्नेले इन्द्र धनुष राज्यलाई एउटा रङ्ग देख्छ। सप्तरङ्गी इन्द्र धनुष देख्ने तिम्रा आँखाको अपरेसन गर। उपचार गर।’आफैँ प्रधानमन्त्री छँदा घोषणा गरेको दोस्रो संविधानसभाको निर्वाचनलाई कथित भन्दै भट्टराईले दोस्रो संविधानसभापछि दम्ब बढेकाहरको अन्त्य नजिक आइपुगेको समेत चेतावनी दिएका छन् । बाबुरामले आफूहरु बाघ नै भएको तर अहिले केही मात्रामा दुब्लाउँदा आफूहरुमाथि अन्याय भएको तर बाघको रुपम कहिल्यै परिवर्तन नहुने समेत बताए ।