बेमौसमी वर्षाका कारण आठ करोडको क्षति

फागुन १६, काठमाडौँ-मुलुकभर परेको बेमौसमी असिना पानीका कारण कृषकहरु मर्कामा परेका छन् । मुलुकभरको यकिन तथ्यांक नभएपनि रुपन्देहीको कृषकले मात्रै  आठ करोड क्षति व्यहोर्नुपरेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार राति अकस्मात परेका असिनाको कारण कृषकहरूले लगाएको गहुँ, तोरी, आलु, मकै, सूर्यमुखी र तरकारीमा गरी सात करोड ५८ लाख एक हजार ९४० क्षति व्यहोर्नु परेको हो ।
रुपन्देहीका दुई नगरपालिका तिलोत्तमा र देवदह तथा अन्य आठ गाविसमा असिनाले बढी क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले गरेको सर्वेक्षणले देखाएको छ । असिनाले तोरीमा सबैभन्दा बढी क्षति पु¥याएको छ भने गहुँ र तरकारीमा ६० प्रतिशतभन्दा बढी क्षति पुगेको छ ।