पर्यटन व्यवसाय सुधार गर्न तीन वटा सुझाव समिति गठन

फागुन १६, सोलुखुम्बु-पर्यटन व्यवसाय सुधार  कार्यक्रम छनौट गर्न सोलुखुम्बुमा छुट्टा छुट्टै ३ वटा सुझाव समिति गठन गरिएको छ । होम स्टे तथा होटल व्यवसाय प्रवद्र्धन सम्बन्धि उपयुक्त कार्यक्रम छनौटका गर्न नेपाली काग्रेस सोलुखुम्बुका सभापती  आङगेलु शेर्पाको संयोजकत्वमा ४ सदस्य होम स्टे तथा होटल व्यवसाय प्रवद्र्धन सुझाव समिति गठन गरिएको छ ।

यस्तै कृषि तथा पर्यटन व्यसाय प्रवद्र्धन सम्बन्धि उपयुक्त कार्यक्रम छनौटका गर्न नेकपा एमाले सोलुुखुम्बुका सचिव  ढुफकुमार बास्तोलाको संयोजकत्वमा ४ सदस्य सुझाव समिति गठन गरिएको जिल्ला विकास समिति सोलुखुम्बुले जनाएको छ ।

२३ औ जिल्ला परिषदबाट अनुमोदन गरिएको खेलकुद तथा पर्यटन सम्बन्धि उपयुक्त कार्यक्रम छनौटका लागी एकीकृत नेकपा माओवादीका जिल्ला उपाअध्यक्ष  महेश किरातीको संयोजकत्वमा ४ सदस्य कार्यक्रम सुझाव समिति गठन गरिएको छ ।

गठित समितिले पर्यटन व्यवसाय सुधार तथा प्रवद्र्धन गर्न उपयुक्त कार्यक्रम छनौट गरि प्रतिवेदन पेश गर्ने छ । समितिले पेश गरेको प्रतिवेदन अनुसार आगमी आर्थीक वर्षमा कार्यक्रम सञ्चाल गरिने पनि जिल्ला विकास समिति सोलुखुम्बुले जनाएको छ ।