भारत भ्रमणका क्रममा बाबुरामले केजरीवाललाई पनि भेट्ने

फागुन १६, काठमाडौँ -एमाओवादीका नेता बाबुराम भट्टराइ र महासचिव कृष्णबहादुर महरा आज भारत भ्रमणमा जाँदै छन् । अखिल भारत नेपाली एकता मञ्चको सम्मेलनमा भाग लिन उनीहरु त्य तफ जान लागेको एमाओवादीले जनाएको छ । एमाओवादीका अनुसार उनीहरु  साँझ ६ बजे भारत प्रस्थान गर्ने कार्यक्रम छ । भारतमा रहँदा भट्टराई र महराले राजनैतिक भेटवार्ता समेत गर्ने बताइएको छ । सो अवसरमा नयाँ दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई भोलि भेटने कार्यक्रम तय भएको जनाइएको छ ।