बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु

फागुन १६, धरान-अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि धरानमा सुरु हुने भएको छ । प्रतियोगिताको १७ औं संस्करणको पहिलो खेलमा आयोजक धरान फुटबल क्लब र रुपन्देहीको लिस्नु क्लब भिड्ने भएको छ ।

धरान स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा खेल हुने भएको छ । प्रतियोगितामा दश ओटा फुटबल टिम सहभागी हुने भएका छन् । प्रतियोगितामा विजेताले ३ लाख ५० हजार र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल हात पार्ने आयोजकले जनाएको छ ।