शिक्षक लाइसेन्स परीक्षा सुरु

फागुन १६, उदयपुर-उदयपुरमा निम्न माध्यमिक तथा माध्यमिक तहका लागि अध्यापन अनुमतिपत्र ९लाइसेन्स० का लागि आज परिक्षा हुने भएको छ । दिउँसो १  बजेदेखि सुरु हुने परीक्षाका लागि एक हजार छ सय ८४ विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा मासितर्फ २ सय ४२ र निमासिका लागि एक हजार चारसय ४३ जना सहभागी रहने जिल्ला शिक्षा कार्यालय उदयपुरको विप्र शाखाका शाखा अधिकृत भवानीप्रसाद कटुवालले जानकारी गराउनु भएको छ । कटुवालका अनुसार जिल्लाको बिभिन्न ४ विद्यालयमा सञ्चालन हुने परीक्षाका लागि आधादर्जन केन्द्रहरु तोकिएका छन् ।