प्रचण्डलाई भड्काउन अदृश्य शक्ति सक्रिय सचिव भट्टराई

फागुन १५, सर्लाही- नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भडकाउन अदृश्य शक्ति सक्रिय रहेको दावी गरेका छन् । सर्लाहीको लालबन्दीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले अदृश्य शक्तिको आडमा प्रचण्डले उत्तेजित अभिव्यक्ति दिँदै हिडेको आरोप लगाए ।  आफ्नो पार्टी १२ बुँदे सहमतीको आधारमा अघि बढ्न प्रतिवद्ध रहेको उल्लेखगर्दै उहाँले एमाओवादीलाई बाहिर राखेर संविधान बनाउने पक्षमा आफूहरु नरहेको प्रष्ट पारे । सहमतीकै आधारमा संविधान जारी गर्न आफूहरु अन्तिम समय सम्म एमाओवादीलाई पर्खेर बस्ने तर सहमतीमा नआए लोकतान्त्रिक पद्धतीबाट आगमी जेठ १५ गते भित्रै संविधान जारी गरिने भट्टराईको भनाई छ । संविधान सभाको दोस्रो दल भए पनि जेठ १५ भित्र संविधान जारी गर्न एमालेले प्रमुख दलको भूमिका निर्वाह गर्ने भट्टराईको भनाइ छ ।