नेपाल एयरलाइन्‍सको विमान ठुलो दुर्घटनाबाट बच्यो

फागुन १५,काठमाडौँ -नेपाल एयरलाइन्‍सको विमान शुक्रबार आकस्मिक अवतरण गराएर ठुलो दुर्घटनाबाट बच्चन सफल भएको  छ । एयरलाइन्‍सको बोइङ ७५७ जहाजको अटो पाइलट फेल भएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराएपछि दुर्घटना टरेको हो ।  फ्‍लाइट नम्बर आरए ४०१ नम्‍बरको काठमाडौंबाट बैंकको लागि उडेको जहाज ६२ नटिकल माइल पार गरेपछि अटो पाइलट फेल भएको हो। फेल भएलगत्तै चालक दलका सदस्यले जहाजलाई त्रिभुवन विमानस्थमै सुरक्षित रुपमा आकस्मिक अवतरण गराएका छन्। जहाजमा रहेका चालक दलका सदस्य र सबै यात्रु  सकुशल रहेका छन्।