आइक्यापमा भाग लिन झलनाथ हानिए मलेसियातिर

फागुन १५, काठमाडौँ- एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन ९आइक्याप०को स्थायी कमिटीको २४औं बैठकमा भाग लिन आज मलेसियाको राजधानी क्वलालम्पुरतर्फ प्रस्थान गरेका छन् । बैठकमा एसियाली देशका आपसी सम्बन्धलाई गहिरो र घनिष्ठ बनाउने तथा एसियाली महाद्वीपलाई अग्रगामी दिशातर्फ र त्यसका लागि नयाँ पहल लिने विषयमा पनि छलफल हुने बताइएको छ । नेता खनाल मलेसियाबाट आउँदा यही फागुन २० गते थाइल्यान्डमा हुने भेलामा अतिथिका रुपमा सहभागी हुनुहुने स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।