प्रचण्ड युग फेरिएको छ, बन्दुकले होइन कलमले नेता बन्नुहोस : महामन्त्री सिटौला

फागुन १५, पाल्पा- नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादीलाई सडक सङ्घर्ष छाडी संविधानसभामा फर्कनत आग्रह गरेका छन् ।
प्रेस युनियन पाल्पा शाखाद्वारा तानसेनमा बोल्दै नेता सिटालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादीलाई छोडेर संविधान बनाउने पक्षमा नेपाली काँग्रेस नरहेकाले माओवादीलाई संविधानसभामा ल्याएर मात्र संविधान जारी गरिने बताए ।
एमाओवादीलाई संविधान निर्माण कार्यमा ल्याएर नै छाड्ने बताउँदै महामन्त्री सिटौलाले प्रचण्डलाई यंगीत गर्दै शान्तिको अगुवाइ गर्न समेत आग्रह गरे । उनले अब बन्दुकले नेता बनने समय घर्केको समेत बताए । संविधानसभाबाट सङ्घीयता लोकतन्त्र, गणतन्त्र, समावेशी संविधान निर्माण लागि एमाओवादी संविधानसभामा आउनुको अर्को विकल्प नभएको महामन्त्री सिटौलाको भनाई  थियो ।