शक्ति प्रर्दशनको अन्तिम तयारीमा मोर्चा, आजै थप रणनीति बनाइने

फागुन १५,काठमाडौँ -एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले राजधानीमा गर्ने शक्ति प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । भोलि खुलामञ्चमा हुने प्रदर्शनमा झण्डै दुई लाख जनता उतार्ने दाबी गरेको र्मार्चाले तयारी सकिन लागेको बताएको हो । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले कार्यक्रम सञ्चालन, जनपरिचालन र व्यवस्थापनबारे आज साँझ अन्तिम टुंगो लगाइने बताए । उनले साँझ ५ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको जानकारी दिनुभयो । सत्तारुढ कांग्रेस, एमालेले बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्न खोजेको भन्दै मोर्चाले दोस्रोचरणको अन्तिम कार्यक्रमको रुपमा काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको छ । यस कार्यक्रमले पनि सत्तापक्ष विगतका सहमति, सम्झौता, अन्तरिम संविधानको स्प्रिरिटअनुसार सहमतिबाट संविधान बनाउन तयार नभए तेस्रो चरणमा कडा आन्दोलन गर्ने चेतावनी मोर्चाको छ ।