थप निर्णय गर्न संवैधानिक परिषद्को बैठक आज पनि बस्ने

फागुन १५,काठमाडौँ – संवैधानिक परिषद्को बैठक आज पनि बस्दैछ । साँझ ५ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा संवैधानिक अंगहरु अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन आयोगलगायतमा नियुक्तिबारे छलफल हुनेछ ।

हिजोको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव उमेश मैनालीसहित ६ सदस्य सिफारिस गरेको थियो । संविधानतः यसअघि लोकसेवा आयोग एक जना अध्यक्षसहित पाँच सदस्य रहने व्यवस्था भए पनि परिषदले बढाएर अहिले ७ जनालाई सिफारिस गरेको हो ।