विश्वकपमा वेष्टइन्डिजले दक्षिण अफ्रिकाको सामना गर्दै

फागुन १५, काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्टइन्डिज्ले प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाको सिड्नीमा अहिले दक्षिण अफ्रिकाले ब्याटिङ रोजेको छ । जारी विश्वकपमा वेष्ट इन्डिज्ले २ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा जिम्बाबेलाइर्ए हराएको दक्षिण अफ्रिका दोस्रो खेलमा भारतसंग पराजित भएको थियो । दक्षिण अफ्रिकालाई आजको खेल जित्नैपर्ने दबाब छ ।  यसअघि हिजो भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ९२ रनले पराजित गरेको थियो भने  अर्का खेलमा  अफगानिस्तानले स्कटल्याण्डलाई १ बिकेटले हराएको थियो ।