आज दिल्ली उड्दै सगरमाथा

फागुन १५ , काठमाडौँ-भारतीय नागरिक उड्डयन प्राधिकरणले बुधबार साँझ अबेर नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ले आज नयाँ दिल्ली उडान भर्दैछ । भारतीय उड्डयन प्राधिकरणले बुधबार साँझमात्र उडान अनुमति दिएको जानकारी दिँदै निगमका प्रवक्ता रामहरि शर्माले आगामी आजदेखि उडान सुरु गरिने जानकारी दिए ।

उडान अनुमतिमा ढिलाइ हुँदा आज तय गरिएको निगमको काठमाडौं–दिल्लीको पहिलो उडान रद्द भएको थियो । निगमका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ ।

निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो । हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज नेपाल भित्र्याएको थियो ।