शतक प्रहार गर्दै कुमार संगाकाराले बनाए विश्व रेकर्ड

फागुन १५ , एजेन्सी-बिहिबार सम्पन्न विश्वकप क्रिकेटमा श्रीलंकाका क्रिकेटर कुमार संगाकाराले आफ्नो ४०० औं एक दिवसीय खेलमा शतक प्रहार गर्दै विश्व रेकर्ड कायम गरेका छन् । संगाकाराले बंगलादेश विरुद्धको खेलमा आफ्नो ४०० एकदिबसीय खेलबाट शतक प्रहार गरेका हुन् ।

संगाकारा ४०० औं एक दिवसीय खेल खेल्ने संसारका चौथा खेलाडी हुन् । यस अघि भारतका सचिन तेंदुलकर, श्रीलंकाका सनथ जयासूर्या र महेला जयावर्धनेले मात्र ४०० पटक एक दिवसीय खेल खेलेका छन् । संगाकाराले ७३ बलमा १०० रन बनाए । उनले १२ चौका र १ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । संगाकाराको यो २२ औं शतक हो ।