नतिश कुमारले मार्च ११ मा विश्वासको मत लिने

फागुन १५,  काठमाडौं-चौथो पटक विहारको मुख्य मन्त्री बनेका नितिश कुमारले मार्च ११ मा विधानसभामा विश्वासको मत लिने भएका छन्।  हिजो बसेको उनको मन्त्रिपरिषद वैठकले विश्वासको मत लिने निर्णय गरेको हो। विधानसभा वैठक सुरु भएकै पहिलो दिन नै विश्वासको मत लिन लागिएको हो। यसअघि जितनराम माझीले राजिनामा दिएपछि नितिश कुमारले आइतबार मुख्यमन्त्रीको सपथ लिएका थिए।