वर्षा र संजयलाई मिठो लाग्न थाल्यो माया

काठमाडौ-गायक नकुल कार्की र गायिका पुष्पा गुरुङको आवाजमा रहेको ‘किन यति मिठो लाग्न थाल्यो माया’ नामक बोलको गीत रिलिज भएको छ । म्युजिक भिडियोमा चर्चित मोडल वर्षा शिवाकोटी र संजय थापाको अभिनय रहेको छ । भिडियोमा बर्षा र संजय बिचको प्रेमलाई देखाईएको छ ।

एकपछि अर्को गदैं सफल म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक सत्यराज चौलागाईँले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई दर्शकले रुचाउने निर्देशक सत्यराज बताउँछन् ।

यस गीतको शब्द मनोज केसी र नकुल कार्कीको रहेको छ भने संगीत नकुल कार्कीले दिएका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहको सम्पादन रहेको छ । नुवाकोट स्थित ककनीको रमणीय स्थानमा छायांकन गरिएको सार्वजनिक भिडियोको निर्देशकिय पाटो मन पराईएको छ ।