मौसम पुर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने, आज पूर्वी भेगमा पानी पर्ने संभावना

फागुन १५, काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको जनाएको छ। भूमध्यसागरबाट विकास भएको हावापानीले माथिल्लो वायुमण्डलमा गतिविधि गर्दै जमिनसँग नजिक भएपछि अहिले त्यसको असरले आज बिहानैबाट पूर्वी भेगमा पानी पर्ने संभावना रहेको छ । नेपालको पश्चिमी भेगमा सो वायु अघिल्लो दिन प्रवेश गरेसँगै बिहिबार काठमाडौँ उपत्यका लगायत मुलुकका विभन्नि स्थानमा पानी परेको थियो ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज  मौसममा केही सुधार आए पनि पूर्ण सुधार हुन अरु दुईरतीन दिनसम्म लाग्नेछ । विराटनगर तथा झापाको क्षेत्रबाहेक मुलुकका अधिकांश स्थानमा पश्चिमी वायुको असर देखिएको मौसमविद् पौडेलले बताए।

सामान्यतय डिसेम्बर, जनावरी र फेव्रुअरीसम्म जाडोको मौसम भएकाले महाशाखाले अहिले भएको बर्सातलाई सामान्य मानेको छ । फेव्रुअरी महिनामा करिब १८ मिलिलिटर बर्सात हुनुपर्नेमा जम्मा १२ मिलिलिटर बर्सात भएको महाशाखाले जनाएको छ ।