एसिड प्रहार गर्ने अभियुक्तको यस्तो छ हुलिया, घाइतेको उपचार जारी

फागुन १५,  काठमाडौं -गत आइतबार भएको एसिड आक्रमण गर्ने युवकको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तको स्केच न्यूज २४ टेलिभिजन मार्फत सार्वजनिक गरेको हो। स्थानीय तथा आसपासका अन्य व्यक्तिको बयान र पीडितले दिएको जानकारीका आधारमा आक्रमणकारिलाई स्केच बनाएर खोजी तीव्र पारेको प्रहरीले जनाएको छ।

रहरीले स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरिरहेको जनाएको छ । घटनाको तीन दिनपछि प्रहरीले प्रत्यक्षदर्शीले दिएको जानकारी आधारमा स्केच तयार पारेको हो। पीडित विद्यार्थी र ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केचमा सम्भावित आक्रमणकारी मंगोलियन अनुहारको छ।

आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुँदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा गम्भिर घाइते संगीता र सिमाको काठमाउपचार जारी छ ।