मापसे गर्ने ७ प्रहरी कारवाहीमा

फागुन १४, बाँके-ड्युटीमा मादक पदार्थ सेवन गरेको पाइएपछि मध्यपश्चिमको दुई जिल्लाका प्रहरी प्रमुख सहित ७ प्रहरीलाई कारवाही गरिएको छ । मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी केशब अधिकारीले दुई ‘सिनियर अफिसर’ संग स्पष्टीकरण सोधिएको, एक हवल्दारलाई घटुवा गरी जवानमा झारिएको र अर्का एक हवल्दारसहित तीन जवानलाई रेकर्डमा जनाइने गरी नसिहत दिइएको जानकारी दिनुभयो । उनीहरुको नाम भने गोप्य राखिएको छ ।