वित्तीय स्थायित्वका लागि सहकारी चुनौति अर्थमन्त्री महत

फागुन १४, काठमाडौँ-अर्थमन्त्री रामशरण महतले वित्तीय स्थायित्वका लागि सहकारी चुनौति बन्दै गएकाले यस क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकको संयोजनमा बिहिबारदेखि सुरु भएको दुईदिने दोस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

आर्थिक तथा वित्तिय क्षेत्रलाई समयसापेक्ष नीतिमार्फत नियमन गरेर सुधार गर्नुपर्नेमा जोड दिदै उनले प्रजातन्त्रको पुनःस्थापनापछिको सरकारले सुरु गरेको आर्थिक उदारीकरणबाट देशको आर्थिक तथा वित्तीय क्षेत्र विस्तार भएको उल्लेख गरे । अर्थमन्त्री महतले यस क्षेत्रलाई अझ सबल बनाउनका लागि दोस्रो चरणको नीतिगत सुधार आवश्यक भएको बताए ।

नीतिगत रुपमा सुधार गर्दै सन् २०२२ सम्ममा देशलाई अति कम विकसित देशबाट स्तरोन्नति गरी विकासशील देशमा रुपान्तरण गर्ने सरकारको लक्ष्य रहेकाले बताए । त्यसका लागि ठूलो लगानी आवश्यक भएको अर्थमन्त्री महतको भनाइ थियो ।