संविधान बनाउन वैद्य र विप्लव आवश्यक-बाबुराम

फागुन १४, काठमाडौँ-एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले यही फागुन १६ पछि सत्तारुढ दलसँग वार्ता गरिने बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको कार्यक्रममा उनले बाह्रबुँदे शान्ति सम्झौतामा उल्लेख भएअनुसार दलित, मधेसी, उत्पीडितको पीडा अन्त्य गरी राज्यलाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिए । नेता डा भट्टराईले संविधान निर्माणमा पुँजीवादी र वामपन्थी शक्तिबीच एकता हुनु जरुरी भएको बताउँदै संविधान बाहिर रहेका नेकपा–माओवादीलगायत दललाई राखेर संविधान निर्माण गर्नुपर्ने विचार राखे । साक्षात्कारमा नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्य, पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारी, नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सहमतिका आधारमा संविधान निर्माण गर्न आग्रह गरे ।