कांग्रेस,एमालेले जन विद्रोह जस्तै ठुलो भुल गरिरहेछन्- बैद्य

फागुन १४,  काठमाडौँ -नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेपाली कांग्रेस र नेकपा एमालेले भुल गरिरहेको बताएका छन् । उनले तत्कालिन जनमोर्चाका तर्फबाट बाबुराम भट्टराईले ४० बुँदे माग बुझाउँदा केही हुँदैन भनेर बेवास्ता गर्दा १० वर्षे जन विद्रोह भएको स्मरण गर्दै अहिले पनि त्यस्तै भुल गरिरहेको दावी गरेका छन् ।

नेपाल दलित मुक्ती मोर्चाले बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको बर्तमान राजनीतिक अवस्था, नयाँ संविधान र दलित मुद्दा विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अग्रगमनकारीको तत्कालिन पराजयलाई कमजोरी ठानि कांग्रेस र एमालेले अर्को क्रान्तिको विजारोपण गरिरहेको आरोप लगाए ।

बैद्यले एमाओवादी नेतृत्वको मोर्चाले थालेको आन्दोलनमा सक्रिय समर्थन रहेको बताउँदै तत्काल बार्ताबाट समस्याको समाधान ननिस्कने भएकोले एमाओवादीसहितका दलहरुलाई संविधान छाडेर सडकमा आउन आब्हान समेत गरे ।