मंगलबारदेखि लागू हुने गरी आन्तरिक यातायात भाडादर समायोजन

फागुन १४ काठमाडौं-अछाम जिल्लामा आन्तरिक यातायात भाडादर समायोजन भएको छ । मंगलसेनमा बसेको सर्बदलिय बैठकले अछामका बिभीन्न रुटमा चल्ने यातायातका साधनको भाडादर घटाउने निर्णय गरेको हो । बैठकले पेट्रोलियम पदार्थको मुल्य घटेपनि भाडा नघटेको भन्दै यात्रुहरुले गुनासो गरेपछि आजदेखि लागु हुनेगरी भाडा समायोजन गरेको हो । जस अनुसार मंगलसेनदेखि साँफेबगर सम्मको २ सय जीप भाडा अबदेखि १ सय ६० भएको छ भने बस भाडा १ सय ४० कायम भएको छ । त्यसमा पनि विद्यार्थी तथा बृद्धबृद्धा र अपांगता भएकाहरुलाई परिचय पत्र अनुसार सहुलियत दिने निर्णय पनि गरिएको छ । साथै जिल्लाको कमलबजार, बुढाबगर लगायतका ठाँउको भाडादर पनि समायोजन गरिने भएको छ ।