कप्तान पारसले गरे प्राप्तिसँग स्वयम्वर

फागुन १४, काठमाडौं-नेपाली खेलजगतका सर्वाधिक सफल एवं राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खड्काले आज विबाह गर्दैछन् । २ वर्षअघि प्राप्ति राज्यलक्ष्मी राणा संग इङ्गेजमेन्ट गरेका पारसले बुधबार स्वयंवर गरेका हुन् ।

राजधानीको होटल सांग्रीलामा आयोजित विशेष कार्यक्रममाझ उनले राणासँग स्वयंवर गरेका हुन्। लामो समयदेखि दुवै जना प्रेम सम्बन्धमा थिए । स्व दिपविक्रम राणाकी छोरी प्राप्ति राज्यलक्ष्मी काठमाडौं निवासी हुन् । पारसले बानेश्वरस्थित निवासमा प्राप्तिलाई बिहीबार भित्र्याउने कार्यक्रम रहेको छ। यो वर्ष  क्रिकेटर प्रदीप ऐरी र अमृत भट्टराईले पनि विवाह गरिसकेका छन् ।