संवैधानिक परिषद र मन्त्रीपरिषदको बैठक आजै

फागुन १४, काठमाडौँ-संवैधानिक परिषद्को बैठक आज पनि बस्दैछ । लोकसेवा आयोगमा रिक्त पद नियुक्ति गर्न आज बैठक बस्न लागेको हो । यसअघि अस्तिको बैठकमा लोकसेवा आयोगमा अहिलेकै पदाधिकारीहरुलाई निरन्तरता दिनुपर्ने एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको प्रस्तावमा सहमति हुन नसकेपछि बैठक स्थगित गरिएको थियो ।

तर पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकबाट बहुमतिय आधारमा पनि नियुक्ति गर्नुपर्ने प्रावधान रहेकाले आज नियुक्ति हुने संभावना छ । राजनीतिक भागवण्डाको आधारमा हुने नियुक्तिका लागि आयोगको अध्यक्षमा कांग्रेसले पूर्व सचिव उमेशप्रसाद मैनालीको नाम प्रस्ताव गरेको छ ।

आजको बैठकमा अनुसन्धान आयोगमा नियुक्तिलगायतको विषयमा पनि छलफल हुने जनाइएको छ । बैठक साँझ ५ बजे बस्नेछ । यसैबीच आजै दिउँसो ३ बजे मन्त्रीपरिषदको  बैठक पनि बस्ने भएको छ ।