केजरीवालले आफ्ना जनतालाई निशुल्क पानी र विजुली दिए

फागुन १४, काठमाडौँ ।मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीका बासिन्दालाई निशुल्क पानी र विद्युत महसुल आधा घटाउने घोषणा गर्नुभएको छ । केहीसाताअघी भएको विद्यानसभा निर्वाचनमा अत्याधिक वहुमत सहित विजयी केजरीवालले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार तत्काल राहतको घोषणा गर्नुभएको हो ।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीवासीलाई प्रत्येक महिना २० हजार लिटर पानी निशुल्क र ४०० युनिट विद्युत महसुल  आधा रकम छुट दिने घोषणा गर्नुभयो  ।

सो राहत कार्यक्रम आगामी महिनाबाट लागु हुनेछ । सरकारी घोषणाले दिल्लीका ९० प्रतिशत परिवारलाई विद्युतमा  राहत तथा १८ लाख परिवारलाई  पानीको सुविधा मिल्ने बीबीसीले जनाएको छ । दिल्लीमा ७० सिटका लागि भएको विद्यानसभा निर्वाचनमा केजरीवालको आम आद्मी पार्टीले ६७ स्थानमा विजय हासिल गरेको थियो ।