सहिद सप्ताह खेलकुद महोत्सवको तयारी तिव्र

फागुन १३, पोखरा- युवा संघ नेपाल जिल्ला कमिटि कास्कीको आयोजनामा यहि फागुन २१ देखि २७ गतेसम्म संचालन हुने सहिद सप्ताह खेलकुद महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवको बारेमा जानकारी दिन  पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारी तिव्र पारिएको जानकारी दिइएको हो ।

एक साता चल्ने महोत्सवमा अन्तर जिल्ला कमिटिस्तरीय राष्ट्रिय फुटबल प्रतियोगिता, कास्की जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता र दश किलोमिटर खुल्ला दौड प्रतियोगिता संचालन गर्ने युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए । फुटबल प्रतियोगितामा युवा संघमा आबद्ध रहेका कमिटिहरुलाई सहभागी गराइने भएको छ भने देशभरबाट २० टिमले सहभागीता जनाउने अध्यक्ष पुनले जानकारी दिए ।

खुल्ला पुरुष भलिबलमा राष्टिय र क्षेत्रीय टिममा प्रतिधित्व गरि सकेका खेलाडिहरु सहभागी हुन नपाउने आयोजकले जनाएको छ । फुटबल र भलिबल प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, ३० हजार, १० हजार र ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुनले जानकारी दिए । त्यस्तै खुल्ला दौडमा प्रथमले ११ हजार, द्धितियले नगद ७ हजार र तृतियले नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।खेलकुद महोत्सवमा सहभागी जनाउन चाहनेहरुले यहि फागुन १२ देखि १९ गतेसम्म युवा संघ नेपाल, कास्कीको कार्यालय शान्तिवनमा दर्ता गराईसक्नुपर्ने संघले जनाएको छ ।