प्रचण्डलाई सुवास नेम्वाङले भने,‘यतिन्जेल के गरेर बस्नुभो ?’

फागुन १३,काठमाडौं- ‘संविधानसभा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको यतिका दिन बित्दा तपाईंहरु के गरेर बस्नुभो ?’ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार संवैधानिक परिषद बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय ,सिंहदरबार पुगेका एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई सोधे ।

नेम्बाङ त्यत्तिमै अडिएनन्,‘सहमतिका लागि तपाईंहरुबीच छलफल र संवाद हुनुपर्दैन ? सहमतिका लागि अझै कति दिन चाहिन्छ ? जनता र मलाई जानकारी चाहियो ।’
सभाध्यक्ष नेम्बाङले यसो भनिरहँदा एमाओवादी अध्यक्ष प्रचण्ड मुसुमुसु हाँसी मात्रै रहे ।
संविधान निर्माण्का विवादित विषयमा दलहरुबीच आन्तरिक छलफल नभए पनि संवैधानिक परिषद् बैठकमा भने एमाओवादी अध्यक्ष प्रचण्ड विपक्षी दलको नेताका हैसियतमा सहभागी भएका थिए ।