नेपाली कांगे्रस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

फागुन १३,काठमाडौं- नेपाली कांगे्रस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रि निबास बालुवाटारमा अहिले केहि समय पछि सुरु हुने भएको हो । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संविधान निर्माणमा देखिएको विवादका साथै पार्टीको आन्तरिक गतिविधिलगायतका विषयमा छलफल हुने भएको छ । कांग्रेको यस अघिको ब्रैठकले दोस्रो संविधानभसका सदस्यको निर्वाचनमा बागी उमेद्धार नबनेका, प्रस्तवक र सर्मथक नबसेका नेताहरुको कारबाहि फुकुवा गर्ने निर्णय गरेको थियो।

नेपाली काँग्रेस अनुसासन समिितले गत असोजको पहिलो साता संविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको थियो । जसमा केन्द्रीय सदस्य,सभासद्,पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसमेत रहेका थिए ।