गोरुले हान्दा बृद्धाको ज्यान गयो

फागुन १३,रामेछाप – रामेछाप नगरपालिका २ च्यास्कुमा गोरुले हानेर एक बृद्धाको ज्यान गएको छ । वनमा चराएर घरमा ल्याएको गोरु बाँध्न जाँदा त्यही गोरुले हान्दा ७० बर्षिया पूर्णमाया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मंगलबार दिउँसो घरमा अरु कोही नभएकाले बृद्धा गोरु बाँध्न आफैं गएकोमा गोरुले हानेको थियो ।