आजदेखि नयाँ विमानको व्यवसायिक उडान थाल्ने भने पनि निगमले समय सार्यो

फागुन १३,काठमाडौं-आजदेखि नयाँ विमानको व्यवसायिक उडान थाल्ने जनाएको नेपाल वायु सेवा निगमले समय सारको छ । आवश्यक प्रक्रिया पूरा गर्न बाँकी भएकाले शुक्रबारदेखि मात्र उडान सुरु हुने निगमले जनाएको छ । एकसय ५८ सिट क्षमताको नयाँ जहाजले हप्तामा चार दिन नयाँ दिल्ली उडान गर्नेछ ।

सोमबार, बुधबार, शुक्रबार र शनिबार बिहान ८ बजे काठमाडौंबाट जाने र १०ः ४० बजे फर्किने गरी उडान तालिका तयार पारिएको निगमले जनाएको छ । निगमले प्रतियात्रु करसहित ७ हजार एकसय रुपैंया भाडादर निर्धारण गरेको छ । तर विदेशी यात्रुले भने ८ हजार २ सय ३० रुपैंया तिनुपर्ने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो । यो भाडादर अरुको भन्दा सस्तो रहेको उहाँले बताउनुभयो ।
भाडादर सस्तो भएको कारण यात्रुको आकर्षण बढ्ने निगमले विश्वास लिएको छ । हाल निगमको दुईवटा जहाज काठमाण्डूबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ ।
ल्याइसकेको छ । एमए ६० ले सुगम गन्तव्यमा उडान गरिरहेको छ भने वाइ १२ ले पोखरा र अन्य दुर्गम गन्तव्यमा उडान गरिरहेको छ ।