क्रिस गेलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजद्धारा जिम्बावे ७३ रनले पराजित

फागुन १२,काठमाडौँ- विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले जिम्बाबेलाई ७३ रनले हराएको छ । पानी परेपछि डकवर्थ लुइस नियम अनुसार ४८ ओभरमा ३ सय ६३ रनको लक्ष्य पाएको जिम्बाबलाई ४४ ओभर ३ बलमा २ सय ८९ रनमा रोक्दै वेष्ट इन्डिज विजयी भएको हो ।

सिन विलियम्सले ७६ तथा क्रिङ इर्भाइनले ५२ रन बनाएपनि जिम्बाबेलाई जिताउन सकेनन् । वेष्ट इण्डिजका जेरोमी टेलर र ज्यासोन होल्डरले तीनतीन विकेट लिए । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले क्रिस गेलको कीर्तिमानी प्रदर्शनसँगै ५० ओभरमा २ विकेट गुमाएर ३ सय ७२ रन बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजलाई विशाल योगफमा पुर्याउन गेल एक्लैले २ सय १५ रन बनाए भने मार्लोन स्यामुअलले नट आउट १ सय ३३ रनको योगदान गरे । विश्वकप क्रिकेटमा पहिलो दोहोरो शतक बनाउने क्रममा गेलले १ सय ४७ बलमा १६ छक्का र १० चौका प्रहार गरेका थिए ।

१ सय ३८ बलमा २ सय रन पुरा गर्दै गेलले एकदिवसीय क्रिकेटमा सवैभन्दा छिटो दोहोरो शतक बनाउने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । यस्तै गेल र मार्लोन स्यामुअलस्ले कीर्तिमानी साझेदारी पनि गरेका छन् ।

यसैवीच वेस्ट इन्डिजका क्रिस गेयल विश्वकप क्रिकेटमा दोहोरो सतक बनाउने पहिलो खेलाडी बनेका छन् । आज जिम्वावे बिरुद्धको खेलमा बिष्फोटक व्याटिङ गर्दै उनले २ सय १५ रन बनाएका हुन् । अन्तिम बलमा आउट हुनुअघि १ सय ४७ बल खेल्ने क्रममा गेयलले १६ छक्का र १० चौका प्रहार गरे ।वन डे इतिहासमा दोहोरो शतक बनाउने उनि पहिलो गैर भारतिय खेलाडी पनि बनेका छन् । विश्वकप क्रिकेटमा यसअघि साउथ अफ्रिकाका गैरी क्रस्टनको १ सय ८९ रननै सबैभन्दा ठुलो व्यक्तिगत स्कोर थियो ।गेयलले मार्लोन सामुयल्ससंग किर्तिमानी ३ सय ७२ रनको साझेदारी समेत गरे