सत्तापक्षका कारण द्वन्द्वको खतरा बढ्यो – भट्टराई

फागुन १२,काठमाडौँ- एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले सत्तापक्षका कारण देशमा द्वन्द्वको खतरा बढेको आरोप लगाउनुभएको छ ।नवलपरासीको डण्डामा क्रान्तिकारी पत्रकार संघले गरेको कार्यक्रममा एमाओवादी नेता भट्टराईले प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण देश द्वन्द्वमा जाने खतरा बढेको आरोप लगाउनु भएको हो ।

उहाँले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली शान्ति प्रक्रियाको विरोधी भएको आरोप लगाउँदै यही कारणले गर्दा शान्ति प्रक्रिया नै खतरामा परेको बताउनुभयो । परिवर्तनको एजेण्डलाई संस्थागत गर्न भन्दा पनि घुमाउरो पारामा २०४७ को संविधान फेरि ब्युउँताउन सत्तापक्ष लागि परेकाले आफूहरु आन्दोलनमा जान बाध्य भएको नेता भट्टराईको जिकिर थियो ।
नेता भट्टराईले फागुन १६ को आन्दोलन पछि मात्रै त्यसको तरङग आउँने भन्दै शान्ति प्रक्रियाको पक्षमा खबरदारी गर्न आफूहरुले आन्दोलन गरेको स्पष्ठ पार्नुभयो