२ पटक अवरुद्ध बनेको तुलसीपुर घोराही सडकखण्ड संचालनमा

फागुन १२, तुलसीपुर-  मंगलबार मात्रै दुई पटक वन्द भएको तुलसीपुर घोराही सड्क खण्ड केहि वेर अघि देखि संचालनमा आएको छ । रा १ क १५ नम्बरको ट्रिपरको ठक्कर वाट साईकलमा एक्लै सवार १६ वर्षे प्रविण चौधरीको मृत्यू भएको विषयलाई लिएर आफन्तले सड्क खण्ड वन्द गरेका थिए । अर्को साईकलामा सवार थप दुई जनापनि सोहि दुर्घटनामापरि घाईते भएका छन् ।

घाईते मध्य सोहि ठाउँकै २२ वर्षे महेश चौधरीको अवस्था गंघिर छ । उनको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचार कोहलपुरमा भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोहि दुर्घटनामा सोहि ठाउँ निवासी १६ वर्षे मनिराम चौधरीपनि घाईते भएको र उनको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ । घोराही तर्फ जाँदै गरेको सो ट्रिपर र सोहि दिशातर्फ दुई वटा साईकलमा जाँदै गरेका उनीहरुलाई सौंडीकुलामा ठक्कर दिएको थियो । मृतकका आफन्तहरु तुलसीपुर घोराही सड्क खण्डमा ट्रिपरहरु संचालनमा रोक लगाउनुपर्ने मागगर्दे विहान दुईपटक सड्क जाम गरेको त्यहाँ पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी चक्रराज जोशीले बताए ।