कोइराला र दाहालले गरे संवैधानिक निकायको नियुक्तिका विषयमा छलफल

फागुन १२,काठमाडौँ-  पानी बाराबारको अवस्था कायमै रहेका सत्तासाझेदार दलका नेता तथा प्रधानमन्त्रधी शुशिल कोइराला र विपक्र्षी मोर्चाका नेता प्रचण्ड बिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच १२ फागुनमा बस्ने संवैधानिक परिषद्को बैठक, संविधान निर्माण र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । संवैधानिक परिषद्को १ फागुनको बैठकले लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई १२ गते परिषद्को बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको थियो ।

लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा पदाधिकारी नियुक्तिमा दलहरुबीच भागवण्डामा कुरा नमिल्दा नियुक्ति हुन सकिरहेको छैन । लोक सेवा आयोगको रिक्त प्रमुख पदमा एमाओवादीले बाबुराम भट्टराईकी जेठी सासु कयोदेवी यमीलाई पुन नियुक्त गर्न आग्रह गरिरहेको छ । त्यसैगरी भेटका अवसरमा दाहालले प्रधानमन्त्री कोइरालाले वार्ता र सहमतिका लागि देखाएको सक्रियताको प्रशंशा गरे पनि संविधानका विवादित विषयमा अगाडि बढाइएको प्रक्रिया खारेज गर्न आग्रह गरेका थिए ।