पूर्व राजा ज्ञानेन्द्रका काकी पत्रकार बारबरा एडम्सलाई हृदयघात

फागुन १२,काठमाडौं- पत्रकार बारबरा एडम्सलाई हृदयघात भएपछि ग्रयाण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । हायात होटलमा आयोजित पुस्तक बिमोचनसम्बन्धी एउटा कार्यक्रममा भाग लिंदै गर्दा ८४ बर्षिया एडम्सलाई हिजो हृदयघात भएको हो ।

अमेरिकी राजदूत पीटर बोडीले आफ्नो मेडिकल सुविधायुक्त गाडीबाट उपचारका लागि अस्पताल पुराउनु भएको थियो । ५४ बर्षदेखि नेपालमा रहेकी एड्म्स पूर्व राजा ज्ञानेन्द्रका काकी हुनुहुन्छ ।