प्रधानमन्त्री कोइराला र प्रचण्डबीच भेटवार्ता

फागुन १२,काठमाडौं- प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बेलुका भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच मङ्गलबार बस्ने संवैधानिक परिषद्को बैठक, संविधान निर्माण र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रम छाडेर वार्तामा आउन प्रचण्डलाई आग्रह गर्नुभएको थियो । प्रचण्डले पहिला संविधानसभामा सुरु भएको प्रक्रिया खारेज गरेमा मात्र वार्तामा बस्ने अडान दोहोर्याउनुभएको थियो ।
संविधानसभामा बहुमतीय प्रक्रिया सुरु भएपछि प्रधानमन्त्री र प्रचण्डबीच दोस्रोपटक भेटवार्ता भएको हो ।