तेजाब आक्रमणका किशोरीलाई अनेरास्ववियुले गर्यो आर्थिक सहयोग

फागुन १२,काठमाडौं-गत आइतबार  ट्युसन पढ्न जाँदा तेजाब छ्यापिएका दुई किशोरीलाई अनेरास्ववियुले जनही ५ हजार प्रदान गरेको छ । तेजाब छ्यापिएका उनीहरूलाई अनेरास्ववियुका नेताहरूले भेटेर जनही ५(५ हजार सहयोग स्वरूप प्रदान गरेको प्रवक्ता आरसी लामीछानेले इमेल खबरलाई जानकारी दिए । प्रवक्ता लामिछानेले घटनाको तिव्र विरोध व्यक्त गर्दै घटनामा संलग्नहरूलाई शिघ्र कारबाहीको माग गरेका छन् ।
सहयोग रकम लिँदै पीडितका परिवारले दोषीलाई कारबाही तथा थप उपचारका लागि सहयोगका लागि सरकारलाई सवाव दिन आग्रह गरेको बताए । अनेरास्ववियुले सोमबार उनीहरूलाई तेजाब छरिएको विरोधमा  आर आर कलेज अगाडि प्रदर्शन गरेको छ । हाल उनीहरुको उपचार जारी छ ।