बारबरा एडम्सलाई हृदयघात

फागुन १२,काठमाडौं-पूर्व राजपरिवारकी सदस्य बारबरा एडम्सलाई हृदयघात भएको छ ।  हायात होटलमा आयोजित पुस्तक बिमोचनसम्बन्धी एउटा कार्यक्रममा भाग लिंदै गर्दा उनलाई ह्रिदयाघात भएको हो  । हृदयघातपछि उनलाई उपचारका लागि ग्र्याण्डी हस्पिटलमा भर्ना  गरेर आइसीयुमा उपचार भइरहेको छ । उपचार क्रममा आन्द्रासमेत चुँडिएको पाइएको छ ।

अमेरिकी राजदूत पीटर बोडीले आफ्नो मेडिकल सुबिधायुक्त गाडीमा राखेर अस्पताल पुरयाएको थिए । बिगत ५४ बर्षदेखि नेपालमा रहेकी र एडम्स पूर्व राजा ज्ञानेन्द्रकी काकी पनि हुन । ८४ बर्षिया उनलाई आलोचनात्मक लेख लेखेको आरोपमा  देशनिकालासमेत गरिएको थियो । उनले ०६४ सालमा नेपालको नागरिकता पाएकी थिइन । उनी पत्रकार समेत हुन् ।