मध्यवर्ती क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

मोहन बिष्ट
महेन्द्रनगर, ११ फागुन ।
शुक्लाफाँटा बन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाको गरुढ दलगण, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
मध्यवर्ती क्षेत्रका जनताहरुमा स्वास्थ्य सेवाको सहज पहुँचको अवस्था नभएकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गणका प्रमुख सेनानी श्रवण कुमार बिष्टले बताए ।
उनका अनुसार शिविरबाट रौतेली बिचवाका लगभग ४ सय स्थानीयले स्वास्थ्य सेवा लिएका छन् । सेनाकै स्वास्थ्यकर्मीहरु सहभागि शिविरमा स्थानीयलाई निःशुल्क औषधी समेत वितरण गरिएको हो ।