वीरगन्जमा शङ्कास्पद अवस्थामा महिलाको शव भेटीयो

फागुन ११, वीरगन्ज- वीरगन्जमा शङ्कास्पद अवस्थामा महिलाको शव भेटीएको छ । पर्सा जिल्लाको प्रसौनीभाठा गाविस–८ की स्थानीय एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । घरमा नै गएराति पासो लगाएर झुन्डिएको अवस्थामा सोही ठाउँका जितेन्द्र पटेलकी २० वर्षीया श्रीमती बिनिता पटेलको शव फेला परेको हो ।

शङ्कास्पद अवस्थामा शव फेला परेका कारण उनको हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । उनका पति जितेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका कारण पनि उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको हो । घरपरिवारका सदस्यहरु सबै फरार रहेको प्रहरीले जनाएको छ ।