नेपाली कांगे्रस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

फागुन ११,काठमाडौँ – नेपाली कांगे्रस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । केही दिनदेखि जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संविधान निर्माणमा देखिएको विवादका साथै पार्टीको आन्तरिक गतिविधिलगायतका विषयमा छलफल भइरहेको छ ।

आजको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे शुरु हुने छ । हिजोको बैठक बोल्नेहरुले पार्टी नेतृत्व तथा सभापतिको आलोचना गरेका थिए भने प्रधानमन्त्रीको भूमिका पनि फितलो भएको बताएका छन् ।