सोमालिया बम बिस्फोटमा सांसदसहित २० जनाको मृत्यु

फागुन ११, काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिसुमा भएको बम बिस्फोटमा चार जना सांसदसहित अन्य २० जनाको मृत्यु भएको छ । सोमालियाको एक होटलमा धमाका हुँदा उनीहरु मारिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । होटलमा ठूला दुई बिस्फोट भएको समाचारमा जनाइएको छ । आक्रमणकारीहरुले होटल नजिकैको मस्जिदमा पनि हमला गरेको अधिकारीहरुले जनाएका छन् । घटना पछि सुरक्षाबलले शहरलाई चारैैतिरबाट सुरक्षा घेरा हालेका छन् । घटनाको चरमपन्थी संगठन अलसबाबले जिम्मेवारी लिएको छ । सत्ताकब्जाका लागि सरकारसँग अलशबाबले संघर्ष गरिरहेको छ ।