धनकुटाकोे बजेट २ अर्ब १५ करोड

फागुन ११ ,  धनकुटा-जिल्ला विकास समिति धनकुटाको २६ औं जिल्ला परिषद्ले आगामि आर्थिक बर्ष ०७२-७३ का लागि २ अर्ब १५ करोड १ लाख ४० हजार बराबरको बिकास योजना तथा कार्यक्रम पारित गरेको छ । यो रकम चालु आर्थिक बर्षको भन्दा करीब १३ करोड रुपैया“ले बढि हो । स्विकृत बजेट तथा कार्यक्रम आज बाणिज्य तथा आपुर्ति मन्त्री सुनिलबहादुर थापाले सार्वजानिक गर्नुभयो ।

जिल्ला विकास योजनामा चालु खर्च तर्फ १ अर्ब ३३ करोड ६६ लाख ६४ हजार र पु‘जीगत तर्फ ८१ करोड ३४ लाख ७५ हजार रुपैया“ रहेको छ । आगमी बर्षको लागि प्रस्तावित गरिएको वजेट तथा कार्यक्रममा वन तथा वातवरणको क्षेत्रमा चार करोड ९ लाख ७ हजार, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा ८९ करोड १० लाख ५१ हजार, आर्थिक विकासको क्षेत्रमा १९ करोड, ९६ लाख ९३ हजार र भौतिक पुर्वाधार विकासको क्षेत्रमा ६९ करोड ८३ लाख ५५ हजार रुपैया“ छ । सडक सुधार, एक गाविस एक सडक तथा एक गाउ“ एक पोखरीको नितिलाई परिषद्ले प्रामिकतामा राखेको छ ।