क्षेत्रीय रंगशाला निर्माणको काम तिव्र गतिमा बढ्दै

फागुन १०, नवलपरासी-नवलपरासीको गैडाकोटमा निर्माण गरिने क्षेत्रीय रंगशालाको निर्माण कार्य तिव्र पारिएको छ । गैडाकोट नगरपालिका वडा नं ३, ४ र ८ मा निर्माण गरिने रंगशालाको प्राविधिक टोलीले निरीक्षण गर्न मात्र वाँकी रहेको र त्यस पश्चात अन्य कामको थालनी गरिने गंैडाकोट खेलकुद विकास समितिका अध्यक्ष किसन गुरुङलेबताए । अध्यक्ष गुरुङले अन्तराष्ट्रिय स्तरको मैदान निर्माणका लागि कटिवद्ध भएको भन्दै पन्चबर्षिय योजनानै बनाएर अगाडी बढ्ने बताउनुभयो । २०५२ सालमा स्थापना भएको खेलकुद समितिले गाउँगाउँमा गएर खेलाडी छनौट गर्ने र विधालयहरुसँगको सहकार्यमा पनि विभिन्न प्रतियोगिता गरि राष्ट्रिय खेलाडी उत्पादन गरेको उहाँले बताउनुभयो ।