कर्णालीमा अब सरकारले तोकेका ७२ प्रकारका औषधि निशुल्क वितरण गरिने

फागुन १०,जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले नेपाल सरकारले तोकेका ७२ प्रकारका औषधि निशुल्क वितरण गर्न थालेको छ । सरकारले निशुल्क वितरण गर्ने भनि तोकेको ७२ प्रकारका औषधि यहि पुस २७ गतेदेखि वितरण सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डाक्टर पारस आचार्यले बताउनुभयो । सरकारबाट प्रतिष्ठानलाई प्राप्त हुने बजेटबाट औषधि खरिद गरि निःशुल्क वितरण गरिएको उहाँको भनाइ रहेको छ । यस वर्ष निःशुल्क औषधि वितरणका लागि प्रतिष्ठानले ५० लाख रुपैयाँ बिनियोजन गरेको उपकुलपति आचार्यले जानकारी दिनुभयो ।